शिवसताक्षी । सतासीधाम जेसीजले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले झापाको पर्यटकीय क्षेत्र दोमुखामा वनभोज कार्यक्रम गरेको छ ।

शिवसताक्षी १० को पर्यटकीय क्षेत्र दोमुखामा आज दोमुखा पर्यटन क्षेत्रको प्रचारप्रसार, सरसफाइ तथा प्लास्टिकजन्य वस्तुको उपभोग न्यूनिकरणका लागि पिकनिक सहितको सचेतना मुलक कार्यक्रम गरिएको सतासीधाम जेसीजले जनाएको छ ।

सतासीधाम जेसीजले शिवसताक्षी त्रिधाम क्षेत्रमा प्लाष्टिकजन्य सामाग्री न्यूनिकरण अभियानका लागि हातेमालो गरौ भन्ने स्लोगनमा निरन्तर कार्यक्रम चलिरहेको सतासीधाम जेसीजका वर्तमान अध्यक्ष पदमजंङ्ग कुँवरले जानकारी दिए । उनले शिवसताक्षीका सताक्षीधाम, दोमुखा र चिल्लागढधाम क्षेत्रमा प्लाष्टिकजन्य सामाग्रीको प्रयोग र फोहोरहरु अध्यधिक हुने भएको र त्यसको न्युनिकरणका लागि जेसीजले आयोजना गर्ने हरेक कार्यक्रमको व्यानरमा स्लोगन राखिने गरेको जानकारी दिए ।

सतासीधाम जेसीज पछिल्लो समय सक्रिय रहेको छ । सन २०१२मा स्थापना भएको जेसीजले आजको दिन सम्म आइपुग्दा विभिन्न रचनात्मक कामहरु गर्दै आएको सतासीधाम जेसीजका महासचिव मञ्जिल नेपालले जानकारी दिए । प्राकृतिक प्रकोप, असाहय, विपन्न परिवारका विद्यार्थीहरुलाई समेत जेसीजले सहयोग गर्दै आएको छ ।

जेसीजका पदाधिकारीहरूले पर्यटन क्षेत्रको विकास, वातावरण संरक्षण र सामाजिक उत्तरदायित्व वहन गर्ने अभियानलाई निरन्तरता दिने कार्यक्रम संयोजक रीता कोइरालाले बताईन् ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा , उपप्रमुख नरमाया कार्की, शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफे, लेखा अधिकृत प्रकाश योङ्गहाङ, योनजा शाखा अधिकृत प्रकाश चौधरी, वडाध्यक्षहरु मनोज खुलाल, डिल्ली फेम्बु बहादुर आङ्गबो, नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी सभापति गोविन्द काफ्ले,  दूधे बजार विकास समितिका अध्यक्ष सन्तोष थोप्रा लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0