शिवसताक्षी । झापा शिवसताक्षीको दूधेमा रहेको क्याम्ब्रिज अंग्रेजी बोर्डिङ्ग स्कुलको बसमा आगलागी भएको छ । अहिले साँझ विद्यालय परिसरमा पार्किङ्ग गरेर राखेको दुई वटा बसमा आगलागी भएको हो ।

शिवसताक्षी नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको छ । आगालगीबाट दुवै वटा बस पूर्ण रुपमा क्षति भएको क्याम्ब्रिज अंग्रेजी विद्यालयले जनाएको छ । आगलागीको कारण भने खुलेको छैन । प्रहरीले आगलागीको अनुसन्धान गर्ने भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
1
+1
0