शिवसताक्षी। झापाको पाँचगाछीमा ऐतिहासिक दोस्रो आदिबासी फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ ।
पाँचगाछीको आदिबासी रंगाशालामा दोस्रो संस्करणको ऐतिहासिक फुटबल प्रतियागिताको शिवसताक्षी नगरपालिका नगर प्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेर खेल सुरु भएको हो ।
उद्घाटन खेलमा झापा गाउँपालिकालाई हराउँदै कमल गाउँपालिका विजयी भएको छ । झापा गाउँपालिकालाई सडनडेथमा हराउँदै कमल विजयी भएको हो ।
प्रतियोगिताको विजेता टिमले नगद ३१ हजार रुपैयाँ, उपविजेताले २१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
+1












