शिवसताक्षी । झापाको शिवसताक्षीमा वडा नं. ७ मा स्थानीय ९० वर्षीय धनमाया राईको घर जलेर नष्ट भएको छ । आज दिउँसो एकासी घरमा आगो लागपछि बृद्धा राईको विचल्ली भएको हो ।

बासको बेरा टिनको छानोले बनेको एक तले कच्ची घरमा आगलागी हुँदा करिब चार लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घरको छेउमा सुंगुरको चारो पकाउन बालेको आगोबाट अचानक आगलागी हुँदा उक्त घरभित्र रहेको खाट, टेबल, खाद्यान्न, सामान, लत्ता कपडा, कागजपत्र र नगद १३ हजार रुपैयाँसहित घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

शिवसताक्षीमा ९० वर्षीय धनमायाको घर जलेर नष्टआगो नेपाल प्रहरी, स्थानीयबासी र शिवसताक्षी नगरपालिकाको दमकलको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0