फालेलुङ । सातौ फालेलुङ च्यालेन्ज कपको उपाधि शिवसताक्षी नगरपालिकाले उचालेको छ ।

फालेलुङ च्यालेन्ज कप अन्तर्गत अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा पाँचथरको सिधिङवा गाउँपालिकालाई ३ – २ सेटले हराउँदै शिवसताक्षीले उपाधि उचालेको हो ।

उपाधि हात पारेसँगै शिवसताक्षीले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने, उपविजेता बनेको सिधिङवा गाउँपालिकाले नगद ३५ हजार सहित ट्रफि, मेडल र प्रमाण प्राप्त गरेको आयोजक फालेलुङ गाउँपालिका वडा नं. ३ ले जनाएको छ ।

विधागत तर्फ सर्वोकृष्ट खेलाडी शिवसताक्षीका मिलन कार्की, उत्कृष्ट डिफेन्स प्रसान्त चौधरी, उत्कृष्ट सेटर नितेश बस्नेत घोषित भए । उनीहरुले नगद पुरस्कार सहित प्राप्त गरेका छन् ।

प्रतियोगितामा झापा, पाँचथर र ताप्लेजुङ्गका ८ टिमले सहभागिता जनाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0