मनकुमार गदाल

दमक । दमक नगरपालिका ८ न.वडा कार्यालयले वडा भित्र वसोवास गर्ने वडावासीका परिवार भित्रका सदस्यहरुको मृत्युपछि काजकिरियामा बसेका वेला निरन्तर भइरहेको चोरीको घटना नियन्त्रण गर्न ३ वटा घरमा सि.सि. क्यामेरा जडान गरी सकेको छ ।

दमक नगरपालिकाको ८न.वडा कार्यालयले वडा भित्रका विभिन्न टोलमा मरिमराउ भएका टोल वासी परिवारहरुको घर–घरहरुमा सीसी क्यामेरा जडान गरेको हो ।

झापाको दमक ८न.वडाको शुभलक्ष्मी टोल विकास संस्थाकी सदस्य ९७ वर्षीया पवित्रा पराजुलीको निधन भएपछि गत फागुन २५ गते,बसन्त टोल विकास संस्थाको सदस्य७६ वर्षीय थिरनाथ दाहालको निधन भएपछि फागुन २७गते र सरस्वती मार्ग टोल विकास संस्थाका सदस्य ७५वर्षीय कुल बहादुर लिङ्देनको निधन भएपछि चैत २ गते उनीहरुको घरमा सीसी क्यामेरा जडान गरेको वडाध्यक्ष धर्म प्रसाद दाहाल(दिपेश)ले जानकारी दिनु भयो ।

घरपरिवारका सदस्यको मृत्यु भइ काज किरियामा बस्दाको समय अवधिभर दमक ८को वडा कार्यालयले सीसी क्यामेरा जडान गरी ती घरको निगरानी गर्ने वडाध्यक्ष दाहालले बताउनु भयो ।

परिवारका सदस्यको मृत्यु भइ काजकिरियामा बसेका बेला निरन्तर भइरहेको चोरी लगायतका घटनालाई मध्यनजर गरी मरिमराउ भएका घरमा सीसी क्यामेरा जडान गरि निगरानी गरिने वडाध्यक्ष दाहालले भनाई छ । सम्वन्धि घर परिवारको काजकिरिया सकेपछि सि।सि।क्यामेरा खोलेर वडा कार्यालयमा लगेर राख्ने वडा अध्यक्ष दाहालले जानकारी दिनुभयो । सि.सि.क्यामेराको प्रकृया पुरा गरेर जडान गरेको दमक ८ न. वडा कार्यालयले जनाएको छ ।

स्वर्गीय ९७ वर्षीया पवित्राको काजकिरिया गरीरहनु भएका उहाँको छोरा कृष्ण प्रसाद पराजुलीले मरिमराउ भएको घरमा वडा कार्यालयले सिसी क्यामेरा जडान गरेर राम्रो काम गरेको बताउनु भयो । यसले गर्दा लफडा,झगडा गर्ने प्रवृत्ति बोकेकाहरु आउने क्रम रोकिएको कृष्णले बताउनु भयो ।नयाँ मान्छे आएको चिन्न,यहाँ आउने हरेक मान्छेले सिसी क्यामेरा देखेपछि ओहो सिसी क्यामेरा रहेछ भन्ने एक खालको त्रासले धेरैलाई सजक गराएको पराजुलीको बुझाइ छ ।

स्वर्गीय थिरनाथको काकी पशुपति किर्तन मण्डली दमक अध्यक्ष डोयना दाहालले मरिमराउ भएको घरहरुमा सि।सि।जडानले तास खेल्न आउने अनि चोरी चकारी गर्नेलाई कम्तीमा पनि वेरा लगाएको छ । यसले चोरी लगायतका धेरै अप्रिय घटनालाई रोक्न सहयोग पुग्ने डोयनाको भनाइ रहेको छ ।

यसै गरी स्व।वावु कुल बहादुरको काजकिरियामा बसेका उनका छोरा पर्शुराम लिङ्गदेनले पनि सिसी क्यामेरा जडानले चोरी मात्र नभइ धेरै कुराको निगरानी गरेको बताएका छन् । शोकमा भित्र बसेर कोआए को गए हेर्ने पनि सजिलो भएकोले वडा कार्यालयको यो काममा पर्शुराम धेरै खुशी हुनुहुन्छ । यो वडा सरकारले चोरी लगायतका अवाञ्चित क्रियाकलापको निगरानी गर्न सिसी क्यामेरा जडान गर्ने काम सराहनीय भएको इलाका प्रशासन कार्यालय दमकका प्रमुख झेरन्द्र प्रसाद चापागाईले बताउनु भयो ।

सि.सि.टि.भी.को निगरानीवाट आपराधिक ब्यक्तिहरुको मनोवैज्ञानिक असर पु–याई अपराध नियन्त्रण गर्न सि.सि.टि.भी.जडान तथा सञ्चालन सम्वन्धि कार्यविधि०७२को संशोधन ०७५को कार्यविधिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0