काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नव नियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन्।
सोमबार मन्त्रिपरिषद् बैठकबाट नियुक्त भएका शाक्यले मंगलबार साँझ प्राधिकरणको कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय प्रमाणित भएर नियुक्ति पत्र बुझेपछि उनी पदभार ग्रहण गर्न नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय पुगेका हुन् । उनको स्वागतको लागि कर्मचारीहरू प्रवेशद्वारमा लामबद्ध भएर बसेका थिए ।
उनले कार्यभार सम्हाल्दै सरकारले आफूलाई अवसर दिएको र त्यसलाई निष्पक्षताका साथ पूरा गर्ने बताए । उनी यसअघि २०७७ माघ २८ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












