बिर्तामोड । बिर्तामोडको यातायात व्यवस्था कार्यालयबाट ९ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिचौलियाका कारण सेवाग्राहीहरुले निकै दुःख पाएको जनगुनासो बढेपछि जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त प्रहरीको टोलीले नौ जना बिचौलियालाई पक्राउ गरेको हो।
दुई महिलासहित ९ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । उनीहरुलाई अभद्र व्यवहार मुद्धामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी विष्टले जानकारी दिए ।
यसअघि विराटनगरमा रहेको यातायात व्यवस्था कार्यालयबाट विचौलिया पक्राउ परेपनि बिर्तामोडबाट पक्राउ परेको यो पहिलो घटना भएको बताइएको छ ।
पक्राउ पर्ने बिचौलियाहरु निम्न छन् ।
१. बिर्तामोड १ बस्ने वर्ष २७ का सुरज आचार्य
२. बिर्तामोड १ बस्ने बर्ष ४२ का तुलसी खतिवडा
३. कन्काई १ बस्ने बर्ष २० का दिवस राई
९. बिर्तामोड ५ बस्ने बर्ष ४३ का रामप्रसाद ढकाल
५. बिर्तामोड १ बस्ने बर्ष २४ की गरिमा घिमिरे
६. बिर्तामोड १ बस्ने बर्ष ५२ की सीता भेटवाल
७. बिर्तामोड १ बस्ने बर्ष २९ का रोशन आचार्य
८. बिर्तामोड ३ बस्ने बर्ष २६ का युवराज लिम्बू
९. बिर्तामोड २ बस्ने बर्ष २४ का टंकप्रसाद राजवंशी












