बिर्तामोड । झापाको दमकमा नेकपा (एमाले) ले आयोजना गर्ने जनजागरण सभालाई पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नु हुने भएको छ ।

एमालेले चैत ३० गते दमक – ७ स्थित पशुहाट क्षेत्रमा आयोजना गरिने जनजागरणसभामा १ लाख कार्यकर्ता उतार्ने तयारी गरेको छ ।

झापाका १५ पालिकासहित छिमेकी जिल्लाहरुबाट जनजागरणसभामा सहभागिता रहने जनाइएको छ । गणतन्त्रपक्षधरहरु उक्त कार्यक्रममा सहभागी बताइएको छ ।

जनजागरणसभाको प्रचारका लागि २९ गते मोटरसाइकल र्लायी आयोजना गरिएको नेकपा एमाले झापाले जनाएको छ । दमकबाट सुरु हुने र्याली बाह्रघरे–स्कुल चौन – गौरीगञ्ज – गौरादह हुँदै–पाँडाजुँगीमा समापन हुने छ । जनजागरण सभाको पूर्वसन्ध्यामा उक्त कार्यक्रमको आयोजना गरिने एमालेले जनाएको छ ।

उक्त जनजागरसभामा आफ्नै स्रोत साधन खर्च गरेर सहभागी हुन एमालेले अपील समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0