काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीचको वार्ता सकिएको छ ।

शिक्षा मन्त्रालयमा भएको वार्तामा के सहमति भयो भन्ने बारे शिक्षा मन्त्रालयले खुलाउन चाहेन ।

‘आजको वार्ता सकिएको छ । वार्तामा भएका कुराकानी आन्तरिक छलफल गरेर भोलि मात्रै सार्वजनिक गर्छौं,’ शिक्षा मन्त्रालय सचिवालयका एक सदस्यले भने । वार्तामा शिक्षक महासंघबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली सहभागी थियो । सरकारको तर्फबाट भने शिक्षामन्त्री विद्या भट्टराई नेतृत्वको टोली सहभागी थियो ।

शिक्षक महासंघले २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेको छ । वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने भन्दै उनीहरूले बिहीबार माइतीघरदेखि बिजुलीबजार पुलसम्मको सडक नै कब्जा गरेर प्रदर्शन गरेका थिए ।

तीन वटै लेन कब्जा गरेर प्रदर्शन गर्न खोज्दा प्रहरीसँग धकेलाधकेलको अवस्था सिर्जना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0