शिवसताक्षी । शिक्षकहरुको आन्दोलनप्रति निबृत्त राष्ट्रसेवक समाज शिवसताक्षीले ऐक्यबद्धता जनाएको छ ।

आज एक विज्ञप्ती जारी गर्दै निवृत्त राष्ट्रसेवक समाज शिवसताक्षी नगरसमितिले शिक्षकहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको हो ।

हाल नेपाल राष्ट्रभरीका सामुदायिक विद्यालयका शिक्षकहरू आफ्ना जायज माग राखि पन्ध्रौं दिनदेखि आन्दोलनमा रहेका छन् । सरकारको तर्फबाट हालसम्म कुनै सुनुवाई नभई देशभरीको शैक्षिक वातावरण अस्तव्यस्त भईरहेको अवस्थाप्रति निवृत्त राष्ट्रसेवक समाज नेपाल शिवसताक्षी नगरसमितिको गम्भिर ध्यान आकर्षण भएको निवृत्त राष्ट्रसेवक समाज शिवसताक्षीले जनाएको छ ।

विज्ञप्तीमा लामो समयसम्म शिक्षा विधेयक संसदमा अलपत्र पर्ने र अनेक नाममा नियुक्त गरिएका शिक्षकको उचित व्यवस्थापन गर्न समयानुकुल ऐन, कानुनको व्यवस्था गरी शिक्षकको मनोबल उठाउँन पेशागत सुरक्षा र वृत्ति विकासमा ध्यान नदिने सरकारी रवैयाप्रति यो समाज असहमति प्रकट गरेको छ ।

निवृत्त राष्ट्रसेवक समाज शिवसताक्षीले मिति २०८२÷०१÷०४ को निर्णय अनुसार शिक्षक आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गर्दै उनीहरूका जायज माग यथासिघ्र पुरा गरी विद्यालय सन्चालनको वातावरण बनाएर बालबालिकाहरुको गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउने अधिकारलाई सुनिश्चन गर्न निवृत्त राष्ट्रसेवक समाज नेपाल शिवसताक्षी नगरसमिति जोडदार माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0