शिवसताक्षी । झापाको सुरुङ्गा स्थित हेप्पील्याड फन पार्कमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नं. ९ निवासी ४० वर्षीय सन्तोष नेम्वाङ्ग रहेका छन् । आज दिउँसो ४ः३० बजे उनलाई करेन्ट लागेको थियो । घाइते नेम्वाङ्गलाई कनकाई नगर अस्पताल पु¥याउन साथ डाक्टरले  मृत घोषणा गरेका थिए ।

स्वीमिङ्ग पुलमा करेन्ट लिख भएको थाहा भएपछि विद्युत सप्लाई बन्द गर्ने क्रममा नेम्वाङ्गलाई करेन्ट लागेको हेप्लील्याड फन पार्कले जनाएको छ । नेम्वाङ्ग फन पार्कका प्राविधिक हुन् ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले  जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
16
+1
0
+1
0
+1
0