काठमाण्डौँ । सिराहामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । कल्याणपुर नगरपालिका– ६ भोक्राहामा चट्याङ लाग्दा स्थानीय ४५ वर्षीय बेचन रोहिताको मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । थ्रेसरमा गहुँ झारेर घर फर्किने क्रममा चट्याङ लागेर बिहीबार साँझ उनको मृत्यु भएको हो ।

उनी कल्याणपुर नगरपालिकाका कार्यालय सहयोगीसमेत हुन् । बिहीबार कार्यालय बन्द गरेर घर गएका उनी श्रीमतीलाई लिएर बारीमा गहुँ झार्न गएका थिए ।

घर फर्किने क्रममा वर्षासँगै परेको चट्याङले लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0