काठमाण्डौं ।  नेकपा एमालेको आयोजनामा हुने ‘युथ सेलिब्रेसन’ विशेष कार्यक्रम काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । दिउसो १ बजेबाट कार्यक्रम सुरुभएको कार्यक्रम  परिचालन समितिले जनाएको छ ।

‘युथ सेलिब्रेसन’ कार्यक्रममा ४ वर्षमुनिका एक लाख युवा एकैठाउँमा जम्मा हुने एमालेको दाबी  छ ।  कार्यक्रममा सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलले संक्षिप्त रूपमा शुभकामना मन्तव्य राख्ने जनाइएको छ ।

88888888

यसैगरी, प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरकाकी उपप्रमुख सुनिता डंगोल, आनन्द सिंह, विष्णु पोखरेल, अश्विनी सेख, शिवकुमारी चौधरी, विशाल पुन, शर्मिला भण्डारीलगायत ४० वर्षमुनिका युवा वक्ताहरूले आफ्नो धारणा राख्ने छन् ।

यसको साथै विविध सांस्कृतिक कार्यक्रम सहित  युवाहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन्  । लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले विशेष कार्यक्रम गर्न लागेको हो ।

8888888888888888888888888888888

भृकुटीमण्डपमा हुने एकदिने कार्यक्रममा एमालेले ४० वर्षमुनिका युवाहरुलाई सहभागी हुन अपिल गरेको छ ।

झापा लगायत मुलुकका हरेक जिल्लाबाट उत्साहजनक  एमालेका युवा प्रतिनिधीहरुको उपस्थितीका बिच सम्पन्न गरिन लागिएको कार्यक्रममा कुनै अप्रिय घटना नघटोस भनी विशेष सर्तकता अपनाइएको नेकपा एमालेका सचिव योगश भट्टराईले बताउनु भयो ।

Capture

युवाहरुमा निराशा पैदा गर्दै नेपालमा केही गर्न सकिदै भन्ने भाष्यको बिकास भइरहेको बेलामा यस कार्यक्रमले युवाहरुलाई सचेत गराउने सचिव भट्टराईले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0