काठमाडौं । मकवानपुरमा एक युवकले आफ्नै बुबामाथि गोली प्रहार गरेका छन् ।

प्रहरीका अनुसार मकवानपुरको भीमफेदी गाउँपालिका-९ अघोरका ५९ वर्षीय कान्छाराम थिङलाई बुधबार उनकै छोरा ३५ वर्षीय इमानसिंह थिङले गोली प्रहार गरेका हुन् ।

छोरा इमानले भरुवा बन्दुकले गोली प्रहार गर्दा बुबा कान्छाराम घाइते भएका छन् ।

प्रहरीका अनुसार बाबु र छोरा अलगअलग बस्दै आए पनि उनीहरूले प्रयोग गर्ने आँगन साझा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0