झापा । काकडभिट्टा सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको गस्ती टोलीले मेचीनगर–७ स्थित जोरसिमलमा चेकजाँचका क्रममा ठूलो परिमाणको अवैध भारतीय रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
आज बिहान करिब १०स्०५ बजे काँकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुवाहक बसमा शंका लागि चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा भारतीय रुपैया सहित एक जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा उर्लाबारी नपा ८ बस्ने बर्ष ३८ को डम्बर बहादुर कार्की रहेका छन् । उनको साथबाट रु ५०० दरका २,९९९ थान र २०० दरको १ थान गरी जम्मा १४ लाख ९९ हजार ७ सय भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका कार्कीलाई थप अनुन्धान भइरहेको झापाका निमित्त गणपति सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक समुन पोख्रेलले जानकारी दिए ।
सीमावर्ती क्षेत्रमा अवैध आर्थिक कारोबार नियन्त्रण गर्न गस्ती तथा निगरानी कडा बनाएको प्रहरीले जनाएको छ ।












