विर्तामोड । विर्तामोडका सफल व्यवसायी तथा झापा गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतले आत्म हत्या गरेका छन् । उनी विर्तामोड १ स्थित आफ्नै निवासीमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

परिवारक स्रोत अनुसार आफै सुत्ने कोठामा रहेको पंखामा झुण्डिएका हुन् ।अहिले प्रहरीले घटनास्थल सिल गरेको छ ।

उनी झापा गोल्डकपका पूर्वअध्यक्ष, जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष, एकका लागि एक अभियानका सहसंयोजक, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १का कार्यसमिति सदस्य, मेची पेट्रोलियम डिलर्स एशोसिएसनका महासचिव रहेका थिए । उनी सयपत्री ट्रेड लिंक लगायत विभिन्न प्रतिष्ठानका सञ्चालक समेत हुन् ।

लामो समयदेखि जेसीज अभियानमा क्रियाशील उनी वीरता जेसीजका पूर्वअध्यक्ष, रोटरी क्लब अफ बिर्तामोडका पूर्वअध्यक्ष, नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष थिए ।

बस्नेतकी श्रीमती र एक छोरी रहेका छन् । श्रीमती कोपिला बस्नेत अधिवक्ता हुन् भने एकमात्र छोरी विभूति एमबीबीएस अध्ययनरत रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0