दमक । झापाली पत्रकार गोपाल झापालीले कथासंग्रह हिजाम सार्वजनिक गरेका छन् । भुँडीपुराण प्रकाशनले प्रकाशन कथासंग्रह शुक्रबारदेखि बजारमा आएको हो ।

लामा तथा छोटा गरी २१ कथा संगृहीत पुस्तकको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल तथा मन्त्रालयका सचिव केशवकुमार शर्माले सार्वजनिक गरेका हुन् । २४२ पृष्ठको संग्रहका अधिकांश कथामा यथार्थपरक र नेपाली समाजभित्रकै विषय समेटिएका छन् । केही कथा भने स्वैरकल्पनाका आधारमा लेखिएको कथाकार झापालीले बताए ।

अढाई दशकदेखि विभिन्न छापा तथा विद्युतीय माध्यममा सञ्चारकर्म गर्दै आएका झापालीका कथा, निबन्ध तथा अन्य रचना फुटकर रुपमा प्रकाशन हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0