कनकाई । झापाको सुरुङ्गामा रहेको संगीत साधना कलाकन्द्रले आफ्नो २२ औं वार्षिकोत्सव मनाएको छ । कलाकेन्द्रले कनकाई ३ सुरुङ्गामा रहेकोे लाईन्स क्लब अफ कनकाई सुरुङ्गाको भवनमा सांस्कृतिक कार्यक्रमसहित २२औं वार्षिक उत्सव मनाएको हो।

कार्यक्रममा शास्त्रीय संगीत गुरु कुशेश्वर राईले जीवनका लागि संगीत अति आवश्यक रहेको, संगीतकै कारण मानिसमा अनेक दुःख पीडा विर्सने भन्दै रोगबाट वचन पनि संगीतमा रम्नु पर्ने बताए । उनले हामी जतिसुकै थाकेपनि कहीं कतै संगीतमय विभिन्न कार्यक्रम भईरहेको छ भने त्यसमा आफुपनि सहभागी भईयो भने ती सबै दुस्ख र थकान मेटिने दाबी गरे । संगीत विद्यालय खेल्नु ठूलो कुरा नभएपनि टिकाउन त्यसलाई समाजमा टिकाई निरन्तरता दिनु नै ठूलो कुरा भएको उनको भनाई थियो । ।

कार्यक्रममा साधना कला केन्द्रका सञ्चालक धुर्व पाठकले कला केन्द्र स्थापना देखि अहिलेसम्मका भए गरेका गतिविधिका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा गायक तथा संगीतकार टीका भण्डारी, अग्रज पत्रकार चन्द्र भण्डारी लगायतले साधना कला केन्द्रले कनकाईसहित छिमेकी पालिकाकाहरुबाट समेत नानी बाबुहरुलाई पढाइ सँगसँगै संगीतका माध्यबाट पनि अगाडी बढाईरहेकोमा खुशी प्रकट गर्दै निरन्तरताको कामना गरेका थिए ।

विद्यालयकी अध्यक्ष तुलसा पाठकले अन्य विद्यालय भन्दा संगीत विद्यालय सञ्चालन गर्न धेरै कठिनाई रहे पनि स्थानीय सरकार र सबैको सहयोगले सहज ढंगबाट निरन्तर सञ्चालन भइरहेको बाइन् । दाताहरूको सहयोगमा १ करोडको अक्षकोष स्थापना गर्ने लक्ष्य रहेको र हाल विभिन्न दाताहरूबाट ४ लाख ६० हजार बढी कोषमा जम्मा भएको बताउँदै नगर भरिका प्राथमिक तह, आधारभूत तह, माद्यामिक तह नगरमा प्रथम हुने नानीबाबु, कनकाई तारामा प्रथम तथा द्वितीय हुने, नगर प्याब्सनमा प्रथम हुने, मेरीगोल्ड तारा, नगरका फरक क्षमता भएका, दलित अपाङ्गता भएका १० जना भन्दा बढीलाई प्रत्येक वर्ष निःशुल्क सिकाइँदै आएको अध्यक्ष पाठकको भनाई थियो ।

कार्यक्रमा कलाकेन्द्रले भजन गायक दुर्गा ओलीलाई सम्मान गरेको छ। संगीतको माद्यामबाट सबैलाई गाउन नचाउन सक्ने खुबी भएका कनकाई ३ निवासी ओलीलाई कलाकेन्द्रले वार्षिक उत्सवको अवसर पारेर नगद सहित प्रमाणपत्र र दोसल्ला ओडाएर पुरस्कृत एवम् सम्मान गरिएको थियोे ।

कार्यक्रममा सोही संगीत साधना कला केन्द्रकी वालिका स्मारिका गुरागाईले गाएको गीत मेरी आमाको मायामा बाचेकी मू बोलको गितको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको थियोे। कार्यक्रमा कलाकेन्द्रका विद्यार्थी भाईबहिनीबाट स्वागत गीत–नृत्यसहित २२ वटा प्रस्तुति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0