कमल । कमल गाउँपालिका केर्खामा स्थलगत कुखुरा पालन सम्बन्धि पाँच दिवसीय तालिम सम्पन्न गरिएको छ ।

पशु सेवा तालिम केन्द्र दुहबी सुनसरी आयोजना र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लि.प्रदेश कार्यालय गछियाको व्यवस्थापनमा बैशाख २९ गतेदेखि जेठ २गतेसम्म सञ्चालित कमल गाउँपालिका–४ को सामुदायिक भवन केर्खामा तालिम समापन गरिएको हो।

निर्मला अधिकारीको सभापतित्व रहेको उक्त तालिममा कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपानेको प्रमुख आतिथ्य रहेको थियो ।वितिय संस्थाको ऋण खाएपछि तिर्नु नपर्ने भन्ने भ्रमक समाचार फैलाएको छ।भ्रमको पछि नलाग्न र खाएको ऋण समयमै दिर्न प्रमुख अतिथि न्यौपाने सुझाव दिइन्।

तालिमको विशिष्ठ अतिथिमा कमल गाउँपालिका -३ का वडा अध्यक्ष अग्निप्रसाद कोईराला रहेका थिए ।तालिम प्राप्त कृषकहरूले आफूले प्राप्त ज्ञान,सीपको सदुपयोग गरि व्यावसायिक रुपमा जुनसुकै व्यावसाय गरेपनि सफल हुने वडा अध्यक्ष कोइरालाको भनाइ थियोे ।

यसैगरी,तालिमको समापनमा डिप्रोक्स लघुवित्त वितिय संस्था लि।प्रदेश कार्यालय गछियाका सूर्य विष्ट,पशु सेवा तालिम केन्द्र दुहबी सुनसरीका श्याम घिमिरे ,शान्ता उप्रेती दाहाल लगायत उपस्थिति रहेको थियो ।

तालिममा सहभागिहरुलाई कुखुराको खोर व्यवस्थापन तथा चल्ला राख्नु भन्दा पहिलेको तयारी र जैविक सुरक्षाको महत्व बारे र कृषकको समस्यामा केन्द्रीय रहि डा। बुद्धिमान कार्की,केवी गुरुङ ,दीपकबाबु सिंह र श्याम घिमिरेले प्रशिक्षण दिएका थिए ।

विभिन्न स्थानबाट १०० जना भन्दा बढी कुखुरा पालन व्यवसायमा आवद्ध किसान तथा व्यवसायिहरुको सहभागिता रहेको थियो । उक्त तालिममा सहभागी भएका किसान तथा व्यवसायीहरुलाई प्रमाण (पत्र प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0