झापा । नवीन बिचारक जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितको ३२ औ स्मृति दिवसमा मधुमल्ला बजारमा खुल्ला रक्तदान गरिएको छ । रिटर्र्नी फेडेरेसन नेपाल कोशी प्रदेश कमिटीको आयोजनामा मोरङको मिक्लाजुङ गाउँपालिका स्थित मधुमल्ला बजारमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
संगठनका केन्द्रिय सचिवालय सदस्य तथा कोशी प्रदेश इन्चार्ज धर्मेन्द्र खडकाको प्रमुख आतिथ्यतामा भएको रक्तदानमा ५० प्रिन्ट रगत संकलन भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी खडकाले मदन भण्डारीले देखाएको बाटोमा अविचलित रुपमा लाग्नुपर्ने आजको आवश्यकता रहेको बताउदै आजपनी उहाँले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको व्यवहारिक पक्ष र महत्त्व अझै ओजस्वी बनेको चर्चा गरेका थिए ।
त्यस्तै नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा संगठनका इन्चार्ज सुमन नेम्बाङले समेत मदन भन्डारी र जिवराज आश्रतिको चर्चा गर्दै नेपालको कम्युनिस्ट आन्दोलनमा उहाँहरुको अतुलनीय योगदान रहेको बताएका थिए ।
रक्तदानमा विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल बिराटनगरको प्राविधिक सहयोग रहेको थियो । प्राविधिक रुपमा सहयोग गर्ने अस्पताललाई आयोजकले प्रशङ्शा पत्र प्रदान गरेको थियो भने रक्तदाताहरुलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा संगठनका इन्चार्ज सुमन नेम्बाङ,संगठनका केन्द्रिय अनुशासन आयोगका संयोजक भरत शिवाकोटी, संगठनका केन्द्र, प्रदेश तथा जिल्लाका नेताहरु एवम नेकपा एमालेका कोशी प्रदेश र मोरङ जिल्लामा विभिन्न जिम्मेवारीमा रहनुभएका नेताहरुको उपस्थिति रहेको थियो ।
संगठनका कोशी प्रदेश कमिटी अध्यक्ष एकराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव दिपक कटुवालले गरेका थिए भने स्वागत मन्तव्य नेकपा एमाले मिक्लाजुङ कमिटीका अध्यक्ष नवीन कार्कीले गरेका थिए ।












