शिवसताक्षी । झापाको शिवसताक्षीमा चौथो पाराबारी आमन्त्रण अन्तरपालिका भलिबल प्रयियोगिता हुने भएको छ ।

भलिबल प्रयियोगिता  पाराबारी बजार ब्यबस्थापन समिति र ३ नम्बर वडा खेलकुद समितिको संयुक्त आयोजनामा यहि जेष्ठ २१ गतेबाट २३ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा झापा र मोरङका गरी १२ टिम सहभागी हुने खेल संयोजक लासाङ्गदोर्जे तामाङ्गले जानकारी दिए । उनका अनुसार झापाको ९ पालिका र मोरङको ३ पालिकाको टिम समाबेश हुनेछ्न् । जसअनुसार आयोजक शिवसताक्षी नगरपालिका, कनकाई नगरपालिका ,गौरादह नगरपालिका ,भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका त्यसैगरी झापा गाउँपालिका बाह्रदशी गाउँपालिका र कमल गाउँपालिका रहेका छ्न ।

भलिबल प्रतियोगिताको बिजेताले नगद ५० हजार मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपबिजेता टिमले नगद ३० हजारसहित मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी बिदागत पुरस्कार समेत प्राप्त गर्ने आयोजकले जनाएको छ ।

भलिबल खेलको सर्बाङ्गीण बिकास गर्दै यस क्षेत्रमा रहेका खेलाडी हरुको खेल कौशलको पहिचान र प्रवर्द्धनसंगै खेलकुदको माध्यमबाट युवालाई लागुऔषध दुर्ब्यसनीमा फस्न नदिनको लागि खेलकुदको ठुलो भुमिका हुने भएकोले पनि भलिबल खेलको आयोजना गरिएको पाराबारी बजार ब्यबस्थापन समिति तथा आयोजक समितिका अध्यक्ष मेगराज ओझाले बताए ।

प्रतियोगिता संचालन गर्नको लागि अनुमानित बजेट ३ लाख ३० हजार खर्च हुने बताइएको छ भने खर्च ब्यबस्थापन शिवसताक्षी नगरपालिका, ३ नम्बर वडा कार्यालय, खेल प्रेमी ब्यबसायीहरु, बिभिन्न संघ संस्थाहरु र बिभिन्न देश बिदेशमा रहेका खेल प्रेमी नेपालीहरुबाट आर्थिक संकलन गरिने बताइएको छ ।

पत्रकार सम्मेलनमा शिवसताक्षी ३ का वडाध्यक्ष भाष्कर न्यौपानेले भलिबल प्रतियोगितालाई सफल बनाउन सबै एक जुट भएर लाग्नुपर्ने धारणा व्यक्त गरे । उनले वडाको पहिचान र गहनाको रुपमा रहेको भलिबल खेललाई निरन्तरता दिन वडाको तर्फबाट आवश्यक सहयोग बताए ।

पत्रकार सम्मेलनमा भलिबल प्रतियोगिताका सल्लाहकार संयोजक चुडामणी बुडाथोकी,कार्यपालिका सदस्य मुनाकुमारी तामाङ, वडा सदस्य शंकर राई, प्रहरी चौकी मंगलबारेका इन्चार्ज गेहेन्द्र तिम्सिना लगायत पाराबारी बजार ब्यबस्थापन समिति र वडा खेलकुद समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो।

भलिबल प्रतियोगिता वडा नं. ३ को पाराबारी खेल मैदानमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0