शिवसताक्षी । विश्व वातावरण दिवस शिवसताक्षीको धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा बृक्षारोपण गरी मनाइएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन ५ मा यो दिवस मनाउने गरिन्छ ।

मानव जाति आफू बस्दै आएको वातारणको सर्जक र विनाशक दुवै रहेकाले वातारण संरक्षणमा मानवको भूमिका महत्वपूर्ण छ । यहि कुरालाई ध्यानमा राखेर वातावरण संरक्षणमा मानवीय भूमिकालाई प्रवल बनाउने उद्देश्यसहित दिवस मनाइएको छ ।

दोमुखा क्षेत्रमा शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फे लगायत पर्यटन विकास समिति, स्थानीय बासीसहितको टोलीले दोमुखा वरपर र माइधार दोमुखा सडक वरपर विभिन्न प्रजातिका सिरिसको विरुवा रोपिएको दोमुखा धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष धनप्रसाद लावतीले जानकारी दिए ।
त्यस्तै आज शिवसताक्षीको ऐतिहासिक तथा धार्मिक क्षेत्र चिल्लागढधाममा पनि विभिन्न प्रकारका विरुवा रोपिएको छ । चिल्लागढधाम पर्यटन विकास समितिको आयोजनामा चिल्लागढ पोखरी वरपरी बृक्षारोपण गरिएको हो ।












