कन्काई । झापाको कन्काई नगरपालिकामा करेन्ट लागेर एकै ठाउँका आठजना घाइते भएका छन्।
कन्काई नगरपालिका वडा नम्बर २ जामुनखाडीस्थित फरक बहादुर बस्नेतको करेसाबारीमा आज बिहान बोडी टिप्न जाँदा करेन्ट लागेको हो । घरधनी फरकबहादुरको स्वास्थ्य अवस्था सामान्य रहेपनि अन्य सात जनाको विर्तामोडको एण्डसी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।
घाइते हुनेहरूमा कनकाई नपा वडा नं. २ बस्ने २६ की अनु खड्का, बर्ष २२ की सन्धया कार्की, बर्ष १८ को सलिन कार्की, ३५ को गोपाल बस्नेत , बर्ष ५८ की डम्बर कुमारी बस्नेत, बर्ष २२ की लक्ष्मी चौहान,बर्ष ४४ को तुलाराम कार्की रहेका छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1












