बिर्तामोड । बाथरुममा चिप्लिएर झापाको कमल गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।

आफ्नै घरको बाथरुममा लढेका कमल गाउँपालिका वडा न. २ तोपगाछी बस्ने ९३ बर्षका नन्द प्रसाद पौडेल मृत्यु भएको हो ।

लडेर घाइते भएका पौडेललाई उपचारका लागि बिर्तामोडको बिर्तासिटी अस्पतालमा ल्याइएको थियो ।

बिर्तामोडमा सामान्य उपचार पश्चात थप उपचारको लागी उनलाई बिराट टिचिङ अस्पताल बिराटनगर लगिएको थियो ।

उनको उपचारको क्रममा १२:१८ बजे मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0