oplus_8388608

शिवसताक्षी । श्री बालनिकुञ्ज माध्यमिक विद्यालयका अभिभावकहरुको भेलाले लक्ष्मी योङहाङ्ग अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरेको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. १० मा रहेको उक्त विद्यालयमा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष श्री कर्णबहादुर थापाको अध्यक्षतामा बसेको अभिभावकहरूको भेलाले योङहाङ्गको अध्यक्षतामा आठ सदस्य शिक्षक अभिभावक संघ चयन गरेको हो।

शिवसताक्षी नगरपालिकाको सामाजिक विकास समितिका संयोजक एवं वडा नम्बर १० का वडाध्यक्ष श्री हर्क सिगुको प्रमुख आतिथ्यमा आयोजित भेलाले लक्ष्मी योङहाङको अध्यक्षतामा उक्त सङ्घ सर्वसम्मत रुपमा गठन गरेको हो।

संघको सदस्यहरूमा फडिन्द्र राई, कोपिला कार्की, तुलसीराम सिन्चुरी, टिका माया लिम्बू , सतानी ऋषिदेव, मुना योङहाङ र बन्दना राई रहेका छन् । शिक्षा नियमावलीको उल्लेखित व्यवस्था अनुसार गठन भएको सङ्घले शिक्षकहरूको तर्फबाट एकजना शिक्षक प्रतिनिधि तथा पदेन सदस्यहरू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक गरी तीनजना सम्मिलित भएपछि पूर्णता पाउनेछ।

प्रमुख अतिथि लगायतको शुभकामना मन्तव्यसहित समापन भएको उक्त कार्यक्रम सञ्चालन शिक्षक गोविन्द नेपालले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0