शिवसताक्षी । झापा शिवसताक्षी १ शुक्रबारे निवासी ४१ वर्षीय शुसिला राजबंशीको उपचारको लागि आर्थिक सहयोग जुटेको छ । संकलित १ लाख ३३ हजार ५८० रुपैया सहयोग रकम नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष दुर्गा नेम्वाङ्गले विरामी परिवारलाई हस्तान्तरण गरेका छन् ।
नेम्वाङ्गले विरामी राजवंशी आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या रहेको थाहा पाएपछि राजवंशी उपचारका सामाजिक सञ्जाल मार्फत अपलि गरेका थिए ।
विगत पाँच वर्ष यता पेटको ५ औं पल्टको अपरेशन गरिसकेकी राजवंशी उपचार खर्च अभावमा समस्यामा परेकी थिइन् ।
पाँच वर्ष अगाडी पित्त थैलीमा समस्या भई विर्तासिटी अस्पताल विर्तामोडमा भर्ना भएकी थिइन । विर्तासिटी अस्पतालले केही दिन उपचार गरी विराटनगर रेफर गरेको उनका श्रीमान विनोद राजवंशीले जानकारी दिए । उनका अनुसार सुशिलाको पाँच वर्षमा ५ ओटा अपरेशन गरिसकिएको छ ।
विराटनगरमा पित्त थैलीको अपरेस गरिएको थियो । त्यस पछि हर्निया र आन्द्रामा समस्या आई त्यसको पनि अपरेशन गरियो । विचमा अपरेशन गरिएको स्थानमा इनफेक्सन भएर डाक्टरल पुन अपरेशन गरिदिएका थिए । गएको वर्ष पेटमा राखिएको जाली फुटेर फेरी अपरेशन गर्नु परेको श्रीमान विनोदले बताए । उपचारका लागि १८ लाख खर्च भइसकेको र हालसम्म ऋण गरेर उपचार गरिएको श्रीमानको भनाई छ ।
हाल उनको अपरेशन गरेको घाउ थाक्ने क्रममा रहेको अध्यक्ष नेम्वाङ्गले जानकारी दिए । उनको विराटनगर स्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । नेम्वाङ्गले उपचारमा सहयोग गर्ने सबैलाई सहयोगी मनहरु र स्थानीय पत्रकारहरुलाई धन्यवाद दिएका छन् ।
सहयोगी दाताहरुको नामवली निम्नुसार रहेको छ ।
१) विमला राई परिवार सहित रु.५०,०००/-
२) कुसुम तामाङ भट्टराई रु ५,०८०/-
३) मोना राई रु ५,०००/-
४) बिनोद साम्पाङ र लिला खालिङ रु १५,०००/-
५) दुर्गा प्रसाद नेम्बाङ रु २,०००/-
,६) कुल प्रसाद राजवशि रु ५,०००/-
७) हर्कमाया बराईलि रु ३,०००/-
८) राजु राई रु २,०००/-
९) हेम प्रकाश नेम्बाङ रु १,५००/-
१०) रण बहादुर राजवंशि रु १,०००/-
११) लक्षमण राई रु ५,०००/-
१२) प्रदिप राई रु ३,०००/-
१३) हर्क बहादुर राई रु २,०००/-
१४) हिमाल राई रु २,०००/-
१५) दावा थिङ तामाङ रु २,०००/-
१६) बिनोद श्रेष्ठ रु २,०००/-
१७) धनु गुरुङ नानि रु ३,०००/-
१८) बाबुराम लिम्बू रु ३,०००/-
१९) प्रकाश तामाङ योञ्जन रु ५,०००/-
२०) रिता बस्नेत रु १,०००/-
२१) मोहन नेम्बाङ रु ५,०००/-
२२) संगिता लकान्द्रि रु ५,०००/-
२३) आशा नेम्बाङ रु ६,०००/-












