शिवसताक्षी । मिसियो म्युनिखको आर्थिक सहयोग तथा शिबसताक्षी नगरपालिका सँगको समन्वय तथा सहकार्यमा कारितास नेपालद्वारा शिबसताक्षी नगरपलिकामा एक दिवशीय अभिमुखीकरण गरिएको छ ।

कारितास नेपालद्वारा सुरक्षित आप्रबासन मार्फत मानव बेचबिखन बिरुद्धको सबलिकरण परियोजना अन्तर्गत शिवसताक्षी पालिकाको वडा नम्बर ११ स्थित श्री सहिद भिमनारायण आधारभुत विद्यालयमा अभिमखीकरण गरिएको हो ।

कार्यक्रम मा बैदेशिक रोजगारमा प्रस्थान गर्नु पूर्व सुरक्षित बैदेशिक रोजगारीमा जान अबलम्बन गर्नु पर्ने कुराहरु, बैदेशिक रोजगारमा रहँदा सुरक्षित हुन अबलम्बन गर्नु पर्ने कुरा हरु लगायत विषयमा अभिमुखीकरण गराइएको परियोजनाका सामाजिक परिचालक चिरञ्जीवी लुइटेलले जानकारी दिए । उनले बैदेशिक रोजगारबाट आगमन पश्चात स्वदेश मै पुनःस्थापना कसरी हुने, बैदेशिक रोजगार बोर्ड लगायत सरोकारवाला निकायहरुका कानुनी प्रकृया कल्याणकारी कोश आदिको बारेमा सहभागी हरुलाई जानकारी गराइएको बताए । स्वदश मै सीप सिकी आयाआर्जन मुखी काममा लाग्न अभिप्रेरित गर्दै बैदेशिक रोजगारमा जनै पर्ने परिस्थिति भए स्वदेशमै सिप सिकी दक्ष भएर जान सहभागीहरुलाई सुझाइएको थियो ।

त्यस्तै कारितास नेपालले सुरक्षित बैदेशिक रोजगार र मानव बेचबिखन बिरुद्द वडा नम्बर ११ बच्चाबगर स्थित श्री गौरी शंकर मन्दिर अभिमुखीकरण गराएको छ । कार्यक्रम मा ५० जना बढीको सहभागिता रहेको कारितास नेपालले जनाएको छ । कार्यक्रममा कारितास नेपालका सल्लाहकार समितिका सदस्य तथा श्री सहिद भिमनारायण आधारभुत बिद्यालयका शिक्षक खगेन्द्रराज बजगाईको अध्यक्षता, वडा सदस्य श्री प्रेमलाल भुजेलको आतिथ्यतामा सम्पन्न भएको थियो ।कार्यक्रमको सहजीकरण शिबसताक्षी नगरपालिकाका रोजगार शाखा संयोजक श्री बिदुर तिम्सिनाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0