शिवसताक्षी । झापाको शिवसताक्षीबाट लागु औषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेका छ ।

हिजो साँझ ७ बजे इलाका प्रहरी कार्यालय झिलझिलेले टोलीले चेक जाँच गर्नेक्रममा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा शिवसताक्षी ३ का १९ वर्षीय प्रवेश लिम्बु र शिवसताक्षी २ का १९ वर्षीय सुजन कार्की रहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

उनीहरुबाट प्रतिबन्धित एन्टिकोफ २ हजार ट्याब्लेट र ट्रामोल २ हजार क्याम्पसुल फेला परेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0