शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं ७ मा मानव बेच विखन विरुद्ध अभिमुृखिकरण गरिएको छ ।
मिसियो म्युनिखको आर्थिक सहयोग तथा शिबसताक्षी नगरपालिका सँगकोे समन्वय तथा कारितास नेपालद्वारा वडा नम्बर ७ स्थित श्री भानु उच्च माध्यमिक विद्यालयका विद्यार्थी तथा अभिभावकहरु लगायत लक्षित समुदायका युवा युवतीलाई अभिमुखिकरण गराइएको हो ।
शिवसताक्षी नगरपलिकामा सुरक्षित आप्रबासन मार्फत मानव बेचबिखन बिरुद्धको सबलिकरण परियोजना सञ्चालनमा रहेको छ । आज गरिएको अभिमुखिकरणमा बैदेशिक रोजगारमा प्रस्थान गर्नु पूर्व सुरक्षित बैदेशिक रोजगारीमा जान अबलम्बन गर्नु पर्ने कुराहरु, बैदेशिक रोजगारमा रहँदा सुरक्षित हुन अपनाउनु पर्ने नियम र परिधिका बारेमा अभिमुखिकरण गराइएको परियोजनाको सामाजिक परिचालक चिरञ्जिवी लुईटेलले बताए । त्यस्तै बैदेशिक रोजगारबाट आगमन पश्चात स्वदेश मै पुनःस्थापना कसरी हुने , बैदेशिक रोजगार बोर्ड र बैदेशिक रोजगारी सम्बन्धी कानुन, कल्याणकारी कोषलगायतका विषयहरुलाई चर्चा गरिएको थियो ।
बैदेशिक रोजगारीमा जाँदा आफु कुनै पनि काममा दक्षता लिएर मात्र जान कार्यक्रममा सुझाइएको थियो । कारितास नेपालले बैदेशिक रोजगारी सवलिकरण परियोजना अन्तर्गत सीप सिकी दक्ष जनशक्ति बनौ सबै कुरा बुझेर मात्र बैदेशिक रोजगारमा पाइला अघि सारौ भन्ने मुल नारा बनाए शिवसताक्षीमा काम गर्दै आएको सामाजिक परिचालक लुईटेलको भनाई छ ।
कार्यक्रममा ५२ जनाको सहभागिता थियो । वडा नम्बर ७ का परियोजना सल्लाहकार समितिका सदस्य लेखनाथ उप्रेतीको अध्यक्षतामा भएको अभिमुखिकरणमा वडा नम्बर ७ कै परियोजना सल्लाहकार समितिका सदस्य घनश्याम अधिकारी, भानु माध्यमिक बिद्यालयका प्रधानाध्यापक डामकुमार कुँवर लगायत उपस्थिति रहेको थियो । ार्यक्रमको सहजीकरण शिबसताक्षी नगरपालिकाका रोजगार शाखा संयोजक श्री बिदुर तिम्सिनाले गरेका थिए ।












