अर्जुनधारा झापाको अर्जुनधारा-१ स्थित हलुवागढ सामुदायिक वनमा रुखले किच्दा एक जनाको मृत्यु भएको छ ।

सामुदायिक वन भित्र दाउराका लागी रुख काट्ने क्रममा अर्जुनधारा-१ कै सातकटेरी स्थित दखलबस्ती निवासी ७० बर्षका बलबहादुर बसेल (सार्की)को मृत्यु भएको हो ।

सामुदायिक वनको ब्लक नं २ स्थित गैँडे खोल्सीमा घटना भएको हो। जङ्गलमा दाउरा काट्ने क्रममा लाथ्रा साइजको रुख ढलेर किच्दा उनको मृत्यु भएको प्रहरी चौकी शनिश्चरेले पुष्ठि गरेको छ ।

मृतक सार्की हिजो साँझ करिब ५ बजे घरबाट दाउरा लिन भनी जङ्गल गएका थिए । उनी रातभर घर नफर्किएपछि परिवार र स्थानियले खोजी गर्ने क्रममा आज बिहान रुखले किचेको अवस्थामा मृत फेला परेको हलुवागढ सामुदायिक वनका कार्यसमिति सदस्य आर एन मिश्रले जानकारी दिए ।

उनको शव कानुनी प्रक्रिया पुरा गरि पोस्टमार्टमका लागी कोशी प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0