झापा  । झापाको भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु ८० करोड ५ लाख २८ हजार को बजेट सार्वजनिक गरेको छ।

आज नगर सभाको १६औं अधिवेशनमा नगर उपप्रमुख राधा कार्कीले बजेट प्रस्तुत गर्दै नगरको वास्तविक आवश्यकता पहिचान गरी योजना निर्माण गरिएको बताउनुभयो।

गत वर्षको रु १ अर्ब २ करोड २० लाख १९ हजारको तुलनामा यसपटक रु २२ करोडभन्दा बढीले घटेको बजेट प्रस्तुत गरिएको हो। उपप्रमुख कार्कीले अबको प्राथमिकता गुणस्तर, दिगोपन र नवप्रवर्तन रहेको उल्लेख गर्नुभयो।

बजेटका मुख्य पाँच उद्देश्यहरूमध्ये रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन, वातावरणमैत्री पूर्वाधार, आत्मनिर्भर कृषि प्रणाली तथा स्वच्छ र स्वस्थ नगरको पहिचान निर्माण सामेल छन्।

वित्तीय विवरणअनुसार संघीय, प्रदेश, स्थानीय र आन्तरिक स्रोतबाट कुल रु ८० करोडभन्दा बढी राजस्व संकलन हुने अनुमान छ।

नगर प्रमुख गणेश पोखरेलले २४७ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो। ती कार्यक्रमहरू कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, सुशासन लगायतका क्षेत्रलाई समेट्छन्।

नगर प्रमुख पोखरेलले “सन्तुलित विकास र नागरिक जीवनस्तर उकास्ने गर्ने योजनाका साथ नगर अघि बढ्दै गएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0