नेकपा (एमाले) शिवसताक्षी नगर कमिटीको सातौं विस्तारित बैठक बिहीबार शिवगञ्जस्थित जेष्ठ नागरिक भवनमा सम्पन्न भएको छ।

नगर अध्यक्ष मेदनी दङ्गालको अध्यक्षता र सचिव लक्ष्मी गुरागाईको सहजीकरणमा भएको बैठकले संगठन सुदृढीकरण तथा जनसम्बद्ध कार्यक्रम सञ्चालनबारे महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले नियमित तीनभन्दा बढी पटक अनुपस्थित रहेकाले दीपेश लाम्गादेललाई कमिटीबाट निष्कासन गर्दै, शिवसताक्षी–८ का विनोद दर्नाललाई नयाँ सदस्यका रूपमा मनोनयन गरेको छ। साथै, शिवसताक्षी–९ दुधेमा नगर पार्टी सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय समेत गरिएको छ।

असार १५ मा मनाइने २२ औं राष्ट्रिय धान दिवसलाई भव्य रूपमा मनाउन भ्रातृ संगठनहरू सहित व्यापक तयारी गर्ने र वडा नं. ७ मा कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ। त्यस्तै, मदन भण्डारी फाउन्डेसनको जिल्ला स्तरीय रक्तदान कार्यक्रममा नगरका सबै वडाबाट सहभागिता जनाउने र दुधेस्थित चार धुर जग्गामा पार्टी भवन निर्माणका लागि दाता खोज्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकमा पार्टी केन्द्रीय लेखा आयोग सदस्य जसमाया गजमेरले ‘जनताको बहुदलीय जनवाद’ सम्बन्धी प्रशिक्षण दिएकी थिइन् भने प्रदेश कमिटी सदस्य चन्द्रकुमार शेर्माले संगठन विस्तारबारे जानकारी गराएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0