शिवसताक्षी । सुरक्षित आप्रवासन मार्फत मानव बेचबिखनविरुद्ध सबलीकरण परियोजनाको पहलमा आज शिवसताक्षी नगरपालिका वडा नं. ११ की एक फिर्ती आप्रवासी महिलालाई तत्काल स्वास्थ्य उपचारका लागि रु ५० हजार नगद सहयोग प्रदान गरिएको छ।

उक्त सहयोग कारितास नेपालद्वारा प्रदान गरिएको हो, जुन मिसियो म्युनिखको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिका संघको समन्वयमा सञ्चालित परियोजनाको अंग हो। उक्त सहयोग रकम शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया काकीृले पीडित महिलाका श्रीमान्लाई हस्तान्तरण गरिएको हो।

सहयोग कार्यक्रमको अवसरमा वडा नं. ११ की परियोजना सल्लाहकार समिति सदस्य श्रीमती प्रतिमा रोक्का, कारितास नेपाल प्रादेशिक कार्यालय दमककी जुनियर कार्यक्रम अधिकृत श्रीमती सन्तोषी थन्दार, परियोजनाका परिचालक श्री चिरञ्जीवी लुइटेल, तथा रिटर्नी भोलेन्टियर श्री हरि गुरागाईंसहित अन्य परियोजना प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

मानव बेचबिखनबाट प्रभावित व्यक्तिहरूको पुनःस्थापना र उपचारमा यस्तो सहयोगले सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0