शिवसताक्षी । नेपाली कांग्रेसको भाृत संगठन नेपाल तरुण दल शिवसताक्षीका वडाअधिवशन सम्पन्न भएका छन् । गएको आषाढ ३ गतेबाट सुरु भएको वडाधिवेशन वडा नं. ९ को अधिवेशन समापन भएसँगै ११ वटै वडामा अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनबाट वडा नं. १ जंगबहादुर माझी, वडा नं. २ नविन गुरुङ्ग, वडा नं. ३ मा सुमन कटुवाल, वडा नं. ४ मा बद्री गिरी वडासभापतिमा सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै वडा नं. ५ मा आकाश आङ्गदेम्बे, वडा नं. ६ यादव बुढाथोकी, वडा नं. ७ मा आइत लिम्बु, वडा ं. ८ मा युवराज भट्टराई, वडा नं. ९ मा महेन्द्र नाल्बो, वडा नं. १०मा सोमिल राई, वडा नं. ११ सन्तकुमार राई सर्वसम्मत चयन भएको नेपाल तरुण दल शिवसताक्षीका नगरसभापति राजिव नाल्बोले जानकारी दिए ।
अधिवेशनमा सभापतिसहित वडामा ११ देखि ३१ जनासम्म चयन भएका छन् । त्यस्तै वडाअधिवेशन नगर तथा जिल्ला अधिवेशन प्रतिनिधि चयन भएको नेपाल तरुण दल शिवसताक्षीले जनाएको छ ।





















