काठमाडौं । बंगलादेशमा विद्यालय भवनमा विमान ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । दुर्घटनामा अरु १ सय ६४ जना घाइते भएका छन् ।
वायुसेनाको विमान स्थानीय समयअनुसार सोमबार सोमबार १ बजेर १८ मिनेट जाँदा राजधानी ढाकाको उत्तरा क्षेत्रमा रहेको विद्यालय भवनमा ठोक्किएको हो । बंगलादेशी वायुसेनाको एफ–७ लडाकु विमान दुर्घटनामा परेको बंगलादेशी सञ्चार माध्यमले जनाएका छन् । उक्त जहाजले वायुसेनाको प्रशिक्षणका लागि उडान भरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












