झापा । झापा गाउँपालिका–१, लसुनामा मादक पदार्थ सेवन गरेका एक वृद्धलाई रुखमा बाँधेर रातभरि राख्दा मृत्यु भएको छ।

मङ्गलबार राति करिब १०:३० बजे लसुना बस्ने ६० वर्षीय जतन सोरेन मादक पदार्थ सेवन गरी छिमेकी महादेव टुडूको घरमा पुगेका थिए। घरको गल्लीमा आई काम्न थालेपछि महादेव टुडूलगायत स्थानीयहरूले घर छेउमा रहेको आँपको रुखमा प्लास्टिकको डोरीले बाँधेर राखेको स्थानीयले बताएका छन्।

बुधबार बिहान करिब ४ बजे हेर्दा सोरेन मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कुमरखोदबाट पुगेको टोलीले घटनामा संलग्न झापा गाउँपालिका–१ का २७ वर्षीय अनतलाल सोरेन (मृतकका छोरा), ५० वर्षीय महादेव टुडू, २० वर्षीय लुखिराम टुडू र २१ वर्षीय लखिराम टुडूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

अन्य फरार व्यक्तिको खोजी जारी रहेको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा टोली खटाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी खगेन्द्र खड्काले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0