बिर्तामोड । झापा गौरादह–९ झमकचोककी १६ वर्षीया एक बालिका सात महिनाकी गर्भवती भएपछि विचल्लिमा परेकी छिन् । बालिकाको गर्भमा ७ महिनाको बच्चा हुर्किरहेको पारिवारिक स्रोतले जनाएको छ ।
आफन्तको घरमा बसेर पढिरहेकी बालिकालाई एक राई थरका ५३ वर्षीय छिमेकीले जवरजस्ती करणी गरेपछि बालिका गर्भवती भएको परिवारले जनाएको छ । बालिकाले छिमेकी राईबाट पटक–पटक बलात्कृत भएको परिवारलाई जानकारी दिएकी थिइन् ।
जवरजस्ती करणीको घटना थाहा पाएपछि परिवारबीच छलफल समेत भएको बुझिएको छ । छलफलबाट घटनालाई सामसुम बनाउने प्रयास गर्दागर्दै जवरजस्ती करणी गर्ने व्यक्ति फरार भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












