बिरिङको पुरानो बाङ्गे पुल बाढीले बगायो

झापा। विर्तामोडबाट खुदुनाबारी जाने सडकको पुरानो बिरिङ पुल आज दिउँसो बाढीले बगाएको छ ।

शनिश्चरेबाट नजिकै रहेको उक्त पुल बाढीले बगाएपछि खुदुनाबारी आउजाउ गर्ने सो सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

दुई वर्ष अघि नै उक्त पुल बाढीले बांगो बनाएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय झापाले यहाँबाट नहिंड्न सवारी साधन र पैदल यात्रुलाई सार्वजनिक अपिल नै गरेको थियो ।

यो बाटो अवरुद्ध भए तापनि त्यसभन्दा दक्षिणमा अर्जुनधारा धाम हुँदै जाने अर्को सडकको बिरिङ पुलबाट यातायात चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0