आज युक्रेनका राष्ट्रपति भ्लोदभोलोदिमिर जेलेन्स्कीसँग भेट्नुअघि ट्रम्पले शान्ति सम्झौताका लागि दुई सर्त अघि सारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा प्रकाशित समाचारअनुसार ट्रम्पले शान्ति सम्झौताका लागि युक्रेन नेटोमा नजाने र क्रिमिया रुसलाई छोड्दिनुपर्ने सर्त राखेका छन् । उनले यी दुई कुरामा युक्रेन तयार भए युद्ध अन्त्य हुने दाबी गरेका छन् ।
हालै सम्पन्न अलास्का शिखर सम्मेलनमा रुसी राष्ट्रपित भ्लादिमिर पुटिन भूमि साटासाटका लागि लचक भएको अमेरिकी दूत स्टीभ विटकोफले जनाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच आज ह्वाइट हाउसमा भेट हुँदै छ । भेटका लागि जेलेन्स्की युरोपेली नेताहरूसहित ह्वाइट हाउस जाँदै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1













