दमक । झापाको दमकमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । एसियन हाईवे अन्तर्गत दमकको पशुहाट–बसपार्क उत्तरको डाँडामा मोटरसाइकल र ट्रक ठोक्किँदा गम्भीर घाइते भएकी महिलाको उपचारको क्रममा बाटैमा मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा कमल गाउँपालिका निवासी सुकदेव गौतम र उनकी पत्नी मुना गौतम सवार प्र ०१ ०१२ प ९३१२ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आइरहेको प्र १० ०२ ख ०९१२ नम्बरको ट्रकसँग ठोक्किएको थियो । उक्त दुर्घटनामा श्रीमती मुना गौतम गम्भीर घाइते भएकी थिइन् ।
उनीलाई तत्काल उपचारका लागि दमक अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । मृतकको शव पोष्टमार्टमका लागि राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1













