“बुबाहरुको इज्जत सम्मानले हामीलाई गर्व महशुष गराउँदछ,
संस्कार तिनै हुन्, जसले हामीलाई मानिस बनाउँछ, हाम्रो कुलको इज्जत हामीले गरेका कामले चिनिन्छ ।”

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले बृहत तिज विशेष कार्यक्रम गरेको छ । शिवसताक्षी ६ को वडा कार्यालयले वडाका ज्येष्ठ बुबाहरुलाई सम्मान गर्दै आमाहरुलाई दर खुवाएर जित पर्व मनाएको हो ।

वडाले तिज वर्ष सँगै कुशैं औशीको अवसर पारेर वडाका २५० बढी ज्येष्ठ बुबाहरुलाई ढाका टोपी लगाइदिएर सम्मान गरेको हो । उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा, वडाध्यक्ष मनोज खुलाल कार्की, कार्यापालिका सदस्य गोमा रिजाल लगायतले ढाका टोपी लगाइदिएर सम्मान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख मेघाहाङ थोप्राले सम्पूर्ण महिलाहरूप्रति शुभकामना व्यक्त गर्दै तीज पछिल्ला वर्षहरूमा सामूहिक रूपमा मनाउन थालिएकोमा खुशी व्यक्त गर्नुभयो । हिन्दुधर्मालम्बीहरुले मात्र मनाइदै आएको चार्ड अहिले आएर सबै भाषा, धर्म र संस्कृति मान्ने नागरिकहरुले साझा पर्वको रुपमा मनाउन थालिएको छ । उहाँले भन्नु भयो, यसरी सामूहिक रुपमा मनाइने तीजले एक–अर्काको दुःख–सुख साट्ने अवसर दिने, आत्मीयता र सहिष्णुता अझै प्रगाढ हुने गर्दछ ।

त्यस्तै, वडाध्यक्ष मनोज खुलाल कार्कीले तिजको अवसरमा शुभकामना दिनु हुँदै वडा कार्यालय निर्माणका लागि जग्गा दान गर्ने दाताहरुलाई स्मरण गर्नु भएको थियो । समाजका ज्येष्ठ नागरिक यहाँका संंस्कृति र धरोहर भएकाले उहाँहरुलाई सम्मान गर्नु वडाका कतव्य हो । उहाँले भन्नु भयो, उहाँहरुले यस समाजमा योगदान नदिएको भए आज यो समाज बदलिने थिएन र हामी यहाँ बसेर यसरी काम गर्न सक्ने थिएनौ । उहाँले यस समाजमा योगदान दिने दिवंगत बुबाहरुहरुप्रति हामी सँधै ऋणी रहेको बताउनु भयो ।

वडाध्यक्ष कार्कीले गएको वर्ष ज्येष्ठ आमाहरुलाई झुल प्रदान गरिएको र चालु वर्षमा ज्येष्ठ बुबाहरुलाई सम्मान गरेको बताउनु भयो ।

कार्यक्रममा वडाभित्रका महिलाहरू छमछमी नाचेका थिए भने विभिन्न खेल, कविता, मुक्तक बाचन गरिएको छ । कार्यक्रममा शिवसताक्षी नगरपालिकाका योजना शाखा प्रमुख प्रकाश चौधरी, प्रशासन प्रमुख डिल्ली नेपाल, समाजसेवी, बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वडासदस्य तथा कार्यापालिका सदस्य गोमा रिजालले गर्नुभएको थियो ।

नेपाली हिन्दु महिलाहरूले मनाउने तीज पर्व धार्मिक आस्था मात्र नभई सामाजिक एकताको प्रतीक मानिन्छ । यस दिन महिलाहरू हरियो चुरा, पोते र रातो पोशाक लगाएर शिव–पार्वतीको पूजा गर्दै व्रत बस्ने परम्परा छ । विवाहित महिलाले पतिको दीर्घायुका लागि र अविवाहित महिलाले योग्य वर पाउनका लागि व्रत बस्ने चलन छ । तीजको अघिल्लो दिन गीत–नृत्यमा रमाइन्छ भने ऋषिपञ्चमीका दिन व्रत सम्पन्न गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0