झापा । झापाको कनकाई नगरपालिका–१ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।

आज बिहान ८:३० बजे खहरे खोलामा माछा मार्ने क्रममा ३७ वर्षीय पंकज माझी करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। माझीले बिजुलीको पोलबाट तार जोडेर माछा मार्ने क्रममा करेन्ट लागेको हो।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको र आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0