काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ हिन्दी नजिक बोलेरो जीप भोटेकोशी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्।
तातोपानीबाट बाह्रबिसे तर्फ आउँदै गरेको बा २१ च ७५४४ नम्बरको बोलेरो सडकबाट तल खस्दा सर्लाही बरथहवा नगरपालिका–२ का चालक २३ वर्षीय राजेश कुमार कुसवाह र सहचालक २५ वर्षीय राम प्रवेश महत्तो नदीमा बेपत्ता भएको इलाका प्रहरी कार्यालय कोदारीले जनाएको छ।
दुर्घटनापछि बोलेरोलाई स्काभेटरमार्फत तान्ने क्रममा एक जनाको शव नदीले बगाएको र अर्को शव पनि पहिल्यै बगेको हुनसक्ने प्रहरी निरीक्षक जगतबहादुर राईले जानकारी दिए।
हाल प्रहरी चौकी हिन्दी र बाह्रबिसे प्रहरीको टोलीले भोटेकोशीमा हराइरहेका दुबैजनाको खोजी कार्य जारी राखेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1













