झापा । झापा कन्काई नगरपालिका–८, बिरीङ पुल नजिक पूर्व–पश्चिम राजमार्गमा केहिबेर अघि भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

आज साँझ ८:४० बजे सुरुङ्गाबाट बिर्तामोडतर्फ जाँदै गरेको मे १ च ५४४६ नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको मे १ च ३४४० नम्बरको मारुती भ्यान आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा शिवसताक्षी ७ व्याङ्गडाँडाका नवराज बास्काेटाकाे मृत्यु भएको छ । ऊनी म्याजिक भेनका चालक हुन । उनको च्यापिऐर मृत्यु भएको हाे । उनलाई उद्धार गरी बीएण्डसी अस्पताल, बिर्तामोड लगिए पनि डाक्टरले मृत घोषणा गरेका छन्। मृतकको शव सोही अस्पतालमा राखिएको छ।

सो भ्यानमा सवार शिवसताक्षी नगरपालिका–७ निवासी ४० वर्षीय पृथ्बीनाथ साह, उनकी श्रीमती ३७ वर्षीया पुनमदेबी साह, छोरा १४ वर्षीय प्रसन्न साह र ९ वर्षीया छोरी प्रिन्सा साह घाइते भएका छन्। उनीहरू सबैको बीएण्डसी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ।

दुर्घटनामा संलग्न पिकअप गाडी, भ्यान र चालक धनकुटा महालक्ष्मी नगरपालिका–८ का २४ वर्षीय सुमन पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याउने कार्य भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0