झापा । चलचित्र पत्रकार संघ नेपाल झापा शाखाले आगामी कात्तिकमा हुने पहिलो अधिवेशनको अवसरमा सम्मान र पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

संघका अध्यक्ष रमेश तिवारीको अध्यक्षतामा बसेको बैठकले ‘चलचित्र पत्रकारिता सम्मान’ र ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ वितरण गर्ने निर्णय गरेको हो। सम्मानतर्फ चलचित्र पत्रकारितामा उल्लेखनीय योगदान पु-याउने एक जना पत्रकारलाई नगद ११ हजार १५१ रुपैयाँसहित ‘चलचित्र पत्रकारिता सम्मान’ प्रदान गरिनेछ भने अर्को पत्रकारलाई नगद पाँच हजार १५१ रुपैयाँसहित ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ दिने निर्णय गरिएको छ।

बैठकले संघकी सदस्य अस्मिता साँखीलाई कोषाध्यक्षमा चयन गरेको छ। साथै, सरोज भट्टराई, सुनिरा मैनाली, भरत प्रसाई र टिकाराम बाँस्तोलालाई सदस्यमा चयन गर्ने निर्णय भएको सचिव एकराज प्रधानले जानकारी दिनुभयो।

संघले अधिवेशनका क्रममा नयाँ सदस्यता वितरण गर्ने समेत जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0