काठमाडौं । भारतको बिहार प्रदेशमा सुरक्षा सतर्कता उच्च बनाइएको छ । कारण, जैश–ए–मोहम्मदसँग आवद्ध तीन जना पाकिस्तानी नागरिक नेपाल हुँदै भारत प्रवेश गरेको खबर भारतीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन् ।

भारतीय प्रहरी मुख्यालयका अनुसार सुरक्षाकर्मीलाई हाई अलर्टमा राखिएको छ भने गुप्तचर निकायलाई सक्रिय बनाइएको छ । “हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मान” नाम गरेका ती व्यक्तिहरू नेपालतर्फबाट बिहार प्रवेश गरेको दाबी इन्डिया टुडे को समाचारमा गरिएको छ ।

तर उनीहरू कुन सीमा नाकाबाट र कहिले प्रवेश गरे भन्नेबारे प्रष्ट जानकारी खुलाइएको छैन । भारतीय न्यूज–एट्टिनले भने ती व्यक्तिहरूको हुलिया र पहिचान सम्बन्धी विवरण सबै प्रहरी युनिटमा पठाइएकाले सतर्क रहन भनिएको जनाएको छ ।

त्यसैगरी ई–टीभी भारत का अनुसार विशेष गरी बिहारका सीमावर्ती जिल्ला — सितामढी, मधुबनी, पश्चिम चम्पारण, अररिया, किशनगञ्ज र सुपौलमा प्रहरीलाई विशेष निगरानीमा राखिएको छ । स्थानीयलाई पनि कुनै शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी दिन आग्रह गरिएको छ ।

यसअघि पनि सन् २०२४ मा नेपालमार्ग हुँदै प्रवेश गरेका तीन जना व्यक्तिलाई भारतमा नियन्त्रणमा लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0