झापा । सिरहा जिल्लाको लहान नगरपालिका–१९ कटाहा चोकमा सुरक्षा बेस लहानले भन्सार छलिएका लत्ताकपडासहित एक भारतीय स्कारपियो गाडी नियन्त्रणमा लिएको छ।
भारतको बिहार नम्बर प्लेट (BR 01PB 4642) रहेको उक्त स्कारपियोमा करिब सात लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न लत्ताकपडा लोड गरिएको अवस्थामा फेला पारिएको हो।
बरामद गरिएका सामान तथा गाडीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सुरक्षा स्रोतले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1













