बिर्तामोड । एसियन हाइवेअन्तर्गत ओभरपास निर्माण हुने भएपछि बिर्तामोडको ऐतिहासिक चिनारी मुक्तिचोक स्तम्भ छिट्टै भत्काइने भएको छ ।

वि.सं. २०६६ साल बैशाख ६ गते तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले जनआन्दोलनका शहीदहरूको सम्झनामा उद्घाटन गरेका स्तम्भलाई आयोजनाले हटाउने तयारी गरेको हो ।

काँकरभिट्टा–लौकही सडक पूर्वी खण्ड आयोजनाअनुसार मुक्तिचोकबाट पश्चिमतर्फ ३९० मिटर र पूर्वतर्फ २०० मिटर ओभरपास बन्नेछ । स्थानीय लेखक तीर्थ सिग्देलले स्तम्भको संरक्षण गर्दै उपयुक्त स्थानमा स्थानान्तरण गर्नुपर्ने सुझाव दिएका छन् ।

२०४६ सालको जनआन्दोलनपछि अधिवक्ता लीला उदासीले ‘मुक्तिचोक’ नामाकरण गरेका थिए । जसलाई झलनाथ खनालले औपचारिकता दिएका थिए । सरकारी बजेटबाट बनेको स्तम्भ बिर्तामोडको साझा राजनीतिक तथा सामाजिक प्रतीक बनेको थियो । नयाँ संरचना निर्माणसँगै सो चिनारी अब इतिहास बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0