शिवसताक्षी । दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाको आज भएको निर्वाचनमा ८२.२ प्रतिशत मत खसेको छ ।

निर्वाचनमा १३३५ मतदाता मध्ये १०९५ मत खसेको निर्वाचन संयोजक लिला भट्टराईले बताए । उनले आज ८ बजेपछि मत गणना सुरु गर्ने जानकारी दिए । निर्वाचनमा विहान ११ बजेपछि उत्साहजन सहभागिता देखिएको थियो । मतदान विहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको थियो ।

पर्यकीय संस्थाको अध्यक्ष पदमा मनबहादुर मगर (मणि), मोहनबहादुर कार्की र किरण ओलीको त्रिपक्षीय प्रतिश्पर्धा देखिएको छ ।

अध्यक्षका उम्मेद्वार मगरले प्रगतिशील समूहको नेतृत्व गरेका छन् भने कार्कीले लोकतान्त्रिक समूह बनाएका थिए । त्यस्तै ओलीले स्वतन्त्र भन्दै निर्वाचनमा होमिएका छन् ।

संस्थामा अध्यक्ष १, प्रथम उपाध्यक्ष १, द्वितीय उपाध्यक्ष १, सचिव १, सह सचिव १, कोषाध्यक्ष १, महिला आरक्षण सदस्य ४ र खुल्ला सदस्य ५ रहने व्यवस्था रहेको छ ।

मतदान स्थलमा सुरक्षा व्यवस्था मजवुत बनाइएको निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0